नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ कात्तिक ।

प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ को बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनका लागि आज त्यसतर्फ जाने भएका छन् ।
प्रधानमन्त्री देउवाले गत विहीबार र शुक्रबार सुदूरपश्चिमका विभिन्न जिल्लाका बाढीपहिरो तथा डुवान क्षेत्रको निरीक्षण गरेका थिए । गत असोज ३१ गतेदेखि परेको अविरल बर्षाले देशका विभिन्न स्थानमा ब्यापक धनजनको क्षति गरेको छ ।
सरकारले तत्कालका लागि अस्थायी आवास बनाउन बाढीपहिरो प्रभावितलाई ५० हजार दिने बताएको छ । आजको भ्रमणमा प्रधानमन्त्रीले थप राहतका कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ ।

