प्रधानन्यायाधीश जबरा र नेपाल बार एशोसिएशनका पदाधिकारीबीच छलफल जारी

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र नेपाल बार एशोसिएशनका पदाधिकारीबीचको छलफल जारी रहेको छ । आज (आइतबार) सर्वोच्च अदालतमा छलफल सुरु भएको हो ।

शुक्रबार बैठक बसेर अदालतमा स्वचालित पेशी प्रणाली लागु गराउन र सो प्रणाली लागु गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा गोला प्रणालीबाट पेशी तोक्ने सुझाव प्रतिवेदन कार्यान्वयन गराउन १५ दिने अल्टिमेटम दिएको बारका पदाधिकारीले आज प्रधानन्यायाधीश राणा भेटेर समग्र विषयमा छलफल गर्ने अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।



छलफल पछि प्रधानन्यायाधीश विवादबारे आजै नेपाल बार एशोसिएशनले पत्रकार सम्मेलन जारी गर्ने बताएको छ। त्यस्तै प्रधानन्यायाधीशले आज कुनै पेशी तोकेका छैनन् ।

स्वचालित पेशी प्रणाली लागुका साथै अहिले न्यायालयमाथि उठिरहेका प्रश्न, संवैधानिक आयोगमा नियुक्तिसम्बन्धी मुद्दामा अवरोध, न्यायपालिकाको सुधारको लागि न्यायाधीश हरिकृष्ण कार्की समितिको प्रतिवेदन कार्यान्वयन, न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक लगायत विषयमा प्रधानन्यायाधीशसँग राख्ने अध्यक्ष श्रेष्ठले बताए ।

प्रधानन्यायाधीश जबराले विकृति तथा विसंगति रोक्नको लागि विशेष पहल गर्नुपर्ने आफूहरुको धारणा रहेको उनको भनाइ छ ।प्रधानन्यायाधीश राणालाई भेटेपछि बारले थप धारणा बनाउने बताइएको छ ।

सम्बन्धित समाचार