एमालेले गर्यो प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न माग (पत्रसहित)

नेकपा एमालेले पनि प्रदेश नम्बर १ को प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । एमालेले कात्तिक १५ गतेसम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको हो । यसअघि नेपाली कांग्रेसले पनि बैठक स्थगित गर्न माग गरेको थिए ।

आज (आइतबार)दिउँसो साढे १२ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको छ । पार्टीको कार्यक्रमहरू रहेको कारण देखाउँदै एमालेले बैठक स्थगित गर्न सभामुख समक्ष माग गरेको हो ।



‘एमालेको दशौँ महाधिवेशन अन्तर्गत कात्तिक ९ गते पालिका अधिवेशन, ११ गते स्थायी कमिटी बैठक तथा १२ र १३ गते केन्द्रीय समितिको बैठक भएको हुँदा १४ गते बाटोको म्याद राखी १५ गते प्रदेशसभाको बैठक सञ्चालन गर्न उपयुक्त हुने व्यहोरा अनुरोध छ ’ एमालेले आज प्रदेशसभामा बुझाएको पत्रमा उल्लेख छ ।

सरकारको नेतृत्वकर्ता एमाले विभाजन भएपछि मुख्यमन्त्री आचार्य अल्पमतमा छन् । एमालेका १० जना प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोजेका छन्। कुल ९३ सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा ४१ जना सांसद मात्रै छन् । गठबन्धनमा कांग्रेस २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १० र जसपा ३ जना गरी गठबन्धनमा ४९ जना सांसद छन् ।

पत्र –

पत्र -

 

 

सम्बन्धित समाचार