आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

३ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ५५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ७ हजार ६२५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ६ हजार ६१ पीसीआर परीक्षणमा ५२२ जना र एक हजार ५६४ एन्टिजेन परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ३४८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ८७७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ८७ हजार ५०७ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १० हजार २०१ रहेको छ । जसमा ९ हजार ४२३ जना होम आइसोलेसनमा छन् भने ७७८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २७३ संक्रमित आईसीयूमा र ८५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख ९ हजर ५६ र एन्टिजेन विधिबाट ९४ हजार १५ जना पुगेको छ ।

 

सम्बन्धित समाचार