एक लाख डोज फाइजरको खोप अमेरिकाबाट नेपाल आउँदै, बालबालिकालाई लगाइने

अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्र्तगत दिनलागेको कोरोनाको फाइजर खोप भोलि नेपाल आउने भएको छ । नेपालस्थित अमेरिकन दुतावासले १ लाख ६ सय २० डोज फाइजरको खोप सोमबार आईपुग्ने ट्वीटरमार्फत जनाएको हो ।

१२ देखि १८ बर्षसम्मका बालबालिकालाई लगाउन सकिने फाइजरको खोप दुई डोज लगाउनुपर्ने हुन्छ । अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्र्तगत यस अघि १५ लाख ३४ हजार डोज जोन्सनको खोप उपलब्ध गराएको थियो ।



५ देखि ११ बर्ष उमेर समुहका बालबालिकामा यो खोप ९१ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ । सरकारले पनि ६० लाख डोज फाइजर खोप खरिद गर्दैछ । १२ वर्ष माथिका बालबालिकालाई फाइजर खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार