नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ कार्तिक ।
एल क्लासिको भिडन्तमा रियल मड्रिड विजयी भएको छ । आइतबार राति भएको स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो एल क्लासिको खेलमा बार्सिलोना रियलसँग २-१ ले पराजित हुन पुग्यो ।
बार्सिलोनाको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको ३२ औं मिनेटमा डेभिड अलाबा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले रोड्रिगोको पासमा गोल गरेका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफको इन्जुरी समय (९०+३) मिनेटमा लुकास भास्क्वेजले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको इन्जुरी समयमा अग्युरोले सर्जियो दोस्रो हाफको इन्जुरी समय (९०+७) मिनेटमा गोल फर्काएपनि त्यो ढिलो भैसकेको थियो । त्यसपछि कुनै टोलीबाट गोल भएन र खेल रियलले २-१ ले आफ्नो पक्षमा पार्यो । जितसँगै रियल ९ खेलमा २० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने १५ अंक जोडेको बार्सिलोना आठौँ स्थानमा रहेको छ ।
एल क्लासिको भिडन्तमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी विना दुई ला लिगा महारथी भिडेका हुन् । रोनाल्डो म्यानचेस्टर युनाईटेड र मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी) मा यसै सिजन अनुवन्धन भएका थिए ।