१ लाख ६२० डाेज फाइजर खोप नेपाल आइपुग्याे

अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्तर्गत दिएको कोरोनाको फाइजर खोप आज (सोमबार) आइपुगेको छ। अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको एक लाख ६२० डोज कोभिड खोप आज बिहान कतार एअरवेजको विमानमार्फत् नेपाल आइपुगेको हो ।

१२ देखि १८ बर्षसम्मका बालबालिकालाई लगाउन सकिने फाइजरको खोप दुई डोज लगाउनुपर्ने हुन्छ । अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्तर्गत यस अघि १५ लाख ३४ हजार डोज जोन्सन एण्ड जोन्सनको खोप उपलब्ध गराएको थियो । ५ देखि ११ बर्ष उमेर समूहका बालबालिकामा यो खोप ९१ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ ।



सरकारले पनि ६० लाख डोज फाइजर खोप खरिद गर्दैछ । १२ वर्ष माथिका बालबालिकालाई फाइजर खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । फाइजर खोप नेपाल आएको याे पहिलो पटक हो । यसअघि नेपालमा अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् ।

सम्बन्धित समाचार