आयोगद्वारा माघ पहिलो साता चुनाव गर्न सिफारिस

राष्ट्रियसभाको रिक्त २० पदमा आगामी माघ पहिलो साता निर्वाचन गर्न निर्वाचन आयोगले सिफारिस गरेको छ । आज (सोमबार) प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा आयोगले यस्तो सिफारिस गरेको हो ।

२० सदस्यको पदावधी आगामी फागुनमा सकिँदैछ । संविधानको धारा ८६(३) र राष्ट्रियसभा नियमावली, २०७५ को नियम २०८ को व्यवस्थाअनुसार फागुनदेखि २० राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएपछि आयोगले नयाँ चुनाव सिफारिस गरेको हो ।



यसअघि निर्वाचन आयोगका पदाधिकारीहरुले आगामी हुने स्थानीय चुनाव लगायतका विषयमा प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए । आगामी जेठ ५ पछि स्थानीय तहका पदाधिकारीहरूको पदावधि समाप्त हुँदैछ ।

सम्बन्धित समाचार