आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

१३ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ७७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १० हजार ८६४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ८ हजार २८४ पीसीआर परीक्षणमा ६७३ जना र दुई हजार ५८० एन्टिजेन परीक्षणमा १०३ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ३६१ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ५०१ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ८८ हजार ८ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १० हजार ३६० रहेको छ । जसमा ९ हजार ६१७ जना होम आइसोलेसनमा छन् भने ७४३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २५४ संक्रमित आईसीयूमा र ७४ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख ९ हजर ७२९ र एन्टिजेन विधिबाट ९४ हजार ११८ जना पुगेको छ ।

सम्बन्धित समाचार