नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ कात्तिक ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले अदालतलाई सट्टापट्टामा चलाई न्यायको हुर्मत लिएको आरोप लगाएका छन्।झापाको गौरादहमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले अदालतमा कही नभएको जात्रा देखीएको बताए ।
‘कहिले परमादेश जारी गरेर, कहिले गुटबन्दी, कहिले सट्टापट्टाले दुनियाँमा कहीँ नभएको जात्रा सर्वोच्च अदालतमा देखिएको छ,’ उनले भने । न्यायलाई सत्तागढबन्धनले सट्टा पट्टा गरेर अदालतको सम्मान घटाएको उनको टिप्पणी छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भागवण्डा खोजेर सत्ता पनि चलाउन खोजेको भन्दै न्यायिक वृत्तबाटै उनलाई वहिष्कार शुरू भएको छ । सर्वोच्चकै न्यायाधीश, नेपाल बार एसोसिएसन, पूर्वन्यायाधीश संगठन र अधिवक्ताहरुले प्रधानन्यायाधीश जवराको राजीनामा मागिरहेका छन् ।

