मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

मन्त्रिपरिषद् बैठकले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृतसँगै अधिकारीलाई कार्यकारी अध्यक्ष बनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

बेमौसमी वर्षाले पुर्‍याएको धानबालीको क्षतिबारे अध्ययन सरकारले कार्यदल गठन गरेको छ। गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासनका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेको कार्यदल गठन गर्ने मन्त्रिपरिषदले निर्णय गरेको उनले जानकारी दिए।



उक्त कार्यदललाई तीन दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले देश विदेशमा गुहारेर भएपनि बाढीपीडितलाई राहतको व्यवस्था गर्ने बताएका थिए ।

सम्बन्धित समाचार