प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे प्रचण्डले दिए यस्तो प्रतिक्रिया

नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै गृहजिल्लामा एमालेले महाधिवेशनको तयारी गर्नुले आफूलाई विजयी गराउने अभियानको सुरुवात गरेको भन्दै व्यङ्ग्य गरेका छन्। उनले आफूलाई महत्व दिएर चितवनमा महाधिवेशन गरेको बताए। मंगलबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष दाहालले आफूमाथी केन्द्रीत गरेर एमालेले चितवनमा महाधिवेशन गरेको बताउँदै त्यसले देशको राजनितिमा प्रचण्डको भूमिका तथा महत्व के रहेछ भन्ने कुराको पुष्टि गरेको दाबी गरे।

आफन्तलाई कोटामा मन्त्री नियुक्तिको भागवण्डा गरेको आरोप लागेपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा विवादमा तानिएपछि यस विषयमा केहीदिनभित्र सत्तागठबन्धनका दलले धारणा तय गर्ने उनले बताए। न्यायलयमा देखिएको विवाद एक दुई दिनभित्रमा उचित निष्कर्षमा पुग्ने उनले बताए।



प्रधानन्यायाधीश जबरालाई तत्काल महाभियोग लगाउने विषयमा गठबन्धनबीच छलफल नभएको प्रचण्डले बताए । ‘पछिल्लो समय न्यायलयमा देखिएको विवादको विषयमा हिजो मात्रै गठबन्धनका तीनवटा पार्टी जुटेका थियौं। तर पाँचवटै पार्टी जुटेर यो छलफलमा गर्ने भन्ने कुरा भएको छ,’ प्रचण्डले भने,‘महाभियोगको त हामीले चर्चा नै गरेको छैन। यसमा प्रसंग नै आएको छैन।’

चैतमा निर्वाचन गर्ने कुरामा संविधान र निर्वाचनको ऐनमा विवाद भएकोले त्यस विषयमा निर्वाचन आयोगसँग शीर्ष नेतृत्वको छलफलले टुङ्गाउने उनले बताए।

सम्बन्धित समाचार