नेपालमा पाँच वर्षमाथिका बालबालिकालाई फाइजर खोप दिन विज्ञको सिफारिस

अमेरिकाले फाइजर र बायोएनटेक खोप ५ देखि ११ वर्षका बालबालिकालाई लगाउन सिफारिस गरेको छ। अमेरिकी खाद्य तथा औषधिसम्बन्धी प्रशासनका विज्ञहरूले मंगलवार उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको हो।

खोप निर्माता कम्पनीले गत सेप्टेम्बरमा गरेको परीक्षणबाट उक्त उमेर समूहका बालबालिकाका लागि खोप लगाउन सकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकाले उक्त खोप १२ वर्षमाथिकालाई यसअघि नै दिन थालेको हो। यो निर्णयले २ करोड २० लाख अमेरिकी बालबालिका लाभान्वित हुनेछन्।



अब उक्त निर्णय कार्यान्वयनमा आउन एफडिए र सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले थप अनुमति दिनुपर्छ। उक्त निकायले नोभेम्बर २ तारिखमा त्यस्तो अनुमति दिने बताइएको छ। जसको अर्थ खोप लगाउन त्यसकै भोलिपल्टबाट सुरु गरिने अमेरिकी अधिकारीले जनाएका छन्।

 

सम्बन्धित समाचार