नवकान्तिपुर संवाददाता
काठमाडौं, १० कार्तिक ।
नेपाली बजारमा आज(बुधबार) सुनको मूल्य प्रतितोला रु ६०० ले घट्दै रु ९२ हजार कायम भएको छ । छापावाल सुन मंगलबार प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० हुनेछ, जसको मूल्य मंगलबार प्रतितोला रु ९२ हजार १०० तोकिएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घट्दै एक हजार २५० पुगेको छ । चाँदी मंगलबार प्रतितोला रु एक हजार २६५ मा कारोबार भएको थियो ।