प्रधानन्यायाधीशको इजलासमा यी पाँच मुद्दाको सुनुवाइ

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आफूमात्रै रहने इजलास बसेका छन् । आज (बुधबार) सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ११ इजालस तोकेका थिए ।

उनले संवैधानिक इजलाससहितको पेसी तोकेका थिए । जबराले आफ्नो एकल इजलासमा पाँचवटा मुद्दाको सुनुवाइ गरेका छन् । उनले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दा तामेलीमा राख्ने निर्णय गरेका छन् । त्यस्तै जबराको इजलासले भूवनकुमार दाहालले मधुकुमारी चौधरीलाई विपक्षी बनाएर दर्ता गरेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा निवेदन फिर्ताको आदेश दिएका छन् ।



यस्तै बन्दी प्रत्यक्षीकरणको दुईवटा मुद्दामा कारण देखाऊ आदेश जारी गरेका छन् । त्यसैगरी कालो बजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरसम्बन्धी मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश दिएका हुन् । सर्वोच्चको १५ जना न्यायाधीशले प्रधानन्यायाधीश जबराले राजीनामा दिंदै न्यायालयलाई निकास दिनुपर्ने पक्षमा उभिएपछि दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको थिएन ।

अन्य न्यायाधीशहरु इजलासमा नबसेपनि आफू एक्लै बस्न मिल्ने गरी प्रधानन्यायाधीश जबराले ५ वटा मुद्दामा आदेश दिएका हुन् । उनले भोलि पनि निरन्तर मुद्दाको सुनुवाइ हुने बताए ।

सम्बन्धित समाचार