आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

८ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ९ हजार ४९५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार १६७ पीसीआर परीक्षणमा ५८२ जना र दुई हजार ३२८ एन्टिजेन परीक्षणमा ९० जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ३८० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४९५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ८९ हजार १२५ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ । जसमा ९ हजार ५५० जना होम आइसोलेसनमा छन् भने ८२५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २५४ संक्रमित आईसीयूमा र ८६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १० हजर ८८० र एन्टिजेन विधिबाट ९४ हजार ३०५ जना पुगेको छ ।

सम्बन्धित समाचार