नवकान्तिपुर संवाददाता
काठमाडौं, १० कात्तिक ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र गोली चलेको छ । राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी अंगरक्षकको पेस्तोलबाट बुधबार साँझ गोली चलेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले राष्ट्रियसभाकी उपाध्यक्ष दाहालकी अंगरक्षक अनुपमा भारतीको पेस्तोलबाट गोली चलेको जानकारी दिए ।
उनका अनुसार भूलवश पेस्तोल झरेपछि गोली चले पनि कसैलाई लागेको छैन । गोली चलेपछि प्रहरीले मुचुल्का उठाउने काम गरिरहेको बस्नेतले बताए । घटनाको थप अनुसन्धान भैरहेको छ ।

