नवकान्तिपुर संवाददाता
काठमाडौं, १० कात्तिक ।

बागमती प्रदेको मुख्यमन्त्रीमा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता माननीय राजेन्द्र पाण्डेको दाबी पेस भएको छ ।अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि विपक्षी गठबन्धनले ५९ सांसदसहित पाण्डेलाई मुख्यमन्त्रीका रूपमा दाबी पेस गरेको हो ।
प्रदेश प्रमुख यादवचन्द्र शर्मा संविधानको धारा १६८ को २ अनुसार विहीबार दिउँसो तीन बजेभित्र मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए।
पाण्डेले ५९ जना प्रदेश सभाका सदस्यको हस्ताक्षरसहित दाबी पत्र आजै बेलुकी प्रदेश प्रमुखलाई बुझाएका हुन् ।

