प्रधानमन्त्री देउवा भोलि बेलायत जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जाने भएका छन् । स्कटल्याण्डको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) को सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा त्यसतर्फ जान लागेका हुन् ।

भ्रमणका क्रममा देउवा शनिबार नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुनेछन्।



प्रधानमन्त्री देउवाले त्यहाँ रहँदा बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली संघ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिले भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अक्टोबर ३१ मा प्रधानमन्त्री देउवाको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा उहाँ सहभागी हुने कार्यक्रम छ । उनले भूतपूर्व गोर्खा संगठनका प्रतिनिधि, बेलायती संसद्का सदस्य र अन्य नेपाली प्रवासी सदस्यसँग भेटघाट गर्नेछन् । प्रधानमन्त्री देउवा असोज १५ गते सोमबार कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

सम्बन्धित समाचार