नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ कात्तिक ।
भारतले अग्नि–५ मिसाईलको सफल परीक्षण गरेको छ । उडिसाको एपीजे अब्दुल कलाम टापुको सतहबाट सतहमा पुग्ने मिसाईल परीक्षण गरेको हो । मिसाईलले पाँच हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ ।
मिसाइललाई भारतको रक्षा अनुसन्धान तथा विकास संगठनले बिकिसत गरेको थियो । अन्तरमहादेशीय व्यालेष्टिक मिसाईल (आईसीबीएम) आणविक क्षमता रहेको सो मिसाइलले अत्याधुनिक आणविक हतियार बोक्न सक्ने जनाइएको छ ।
जुनमा भारतले अग्नि प्राइम मिसाइल परीक्षण गरेको थियो । आणविक क्षमतायुक्त सो मिसाइलले २ हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ ।