नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ कार्तिक।
नेपाली बजारमा आज(बिहीबार ) सुनको मूल्य प्रतितोला रु ४०० ले बढ्दै रु ९२ हजार ४०० कायम भएको छ । छापावाल सुन बुधबार प्रतितोला रु ९२ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ९०० हुनेछ, जसको मूल्य बुधबार प्रतितोला रु ९१ हजार ५०० तोकिएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहँदै कारोबार मूल्य अनुसार प्रतितोला एक हजार २५० पुगेको छ । चाँदी बुधबार पनि प्रतितोला रु एक हजार २५० मै कारोबार भएको थियो ।