नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ कार्तिक।

सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छिन् । निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए ।
‘सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन’, सहयोगी तामाङले भने , ‘हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँ मा निमोनिया देखियो ।’ अहिले अस्पतालमा उपचार गराइरहनुभएको छ ।’
मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको उनले बताए ।

