नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ कार्तिक।
पछिल्लो चौबीस घण्टामा नेपालमा ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ३५५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ८ हजार ८४८ पीसीआर परीक्षणमा ५२७ जना र दुई हजार ५०७ एन्टिजेन परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ३८२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ६६४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ८९ हजार ७८९ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १० हजार २३६ रहेको छ । जसमा ९ हजार ४१४ जना होम आइसोलेसनमा छन् भने ८२२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २४८ संक्रमित आईसीयूमा र ८१ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख ११ हजार ४०७ र एन्टिजेन विधिबाट ९४ हजार ३६९ जना पुगेको छ ।