नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ कात्तिक ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रिमियम) भुक्तानी ई–सेवाबाट गर्ने बीमितमध्येबाट पहिलो लक्की ड्रमार्फत विजेतालाई आइफोन १२ प्रदान गरिएको छ । लक्की ड्रमार्फत छनोट भएका विराटनगर निवासी विज्ञान दाहाललाई नेपाल लाइफका नायब महाप्रबन्धक अमित केयलले उक्त आइफोन प्रदान गरेका थिए । नेपाल लाइफको कार्यालयमा एक कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा नेपाल लाइफका नायब महाप्रबन्धक अमित केयलले डिजिटल प्लाटफर्ममार्फत प्रिमियम भुक्तानी गर्दा समयको बचत र झन्झटबाट मुक्त हुनुका साथै ई–सेवाले ग्राहकहरुलाई यस किसिमका उपहार प्रदान गर्दा डिजिटल पेमेन्टमा आकर्षण बढ्ने धारणा व्यक्त गरेका थिए ।
आइफोन १२ प्राप्त गरेपछि विज्ञान दाहालले १० वर्षअघि बीमा गरेको पोलिसिको प्रिमियम समय र सहजतालाई ध्यान दिइ ई–सेवाबाट भुक्तानी गर्दा लक्की ड्रको बारेमा जानकारी नभएको तर जब ई–सेवाबाट ‘तपाई लक्की ड्रमार्फत छनौट हुनु भएको छ’ भनी फोन आउँदा आफू सर्पाइज भएको जनाए ।
आफ्ना बीमितहरुलाई सरल र सहज सेवा प्रदान गर्न नेपाल लाइफले विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटहरुसँग बीमा शुल्क (प्रिमियम) भुक्तानीको सम्झौता गरेको छ । जसले गर्दा कुनै पनि ठाउँबाट जुनसुकै समयमा बीमा शुल्क (प्रिमियम) भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवाका साथै खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
कम्पनीले ग्राहकहरूको हितलाई ध्यानमा राखी समयसापेक्ष आवश्यकता अनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।