एमालेको केन्द्रीय कमिटी बैठकमा पुगे प्रभु साह

नेकपा एमालेमा असन्तुष्ट भनिएका प्रभु साह केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन्। माओवादीबाट एमाले प्रवेश गरेका साह पछिल्लो समय पार्टीमा असन्तुष्ट थिए। अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट भएपछि साह शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका हुन्।

साहले यसअघि एमाले विधान महाधिवेसनमा आफ्नो पक्षका २५ जनालाई प्रदेश कमिटीबाट हटाउन आग्रह गरेका थिए। पछिल्लो पटक ओलीलाई साहले भेटेपछि उनी बैठकमा सहभागी हुने बातावरण बनेको हो।



साहसँगको भेटपछि ओली केन्द्री कमिटीमा २ जना सदस्य थप गर्न राजी भएका हुन्। जसअनुसार शुक्रबारको केन्द्रीय कमिटी बैठकमा कुन्दन कुशवाह र मोहम्मद समीरले केन्द्रीय सदस्यको शपथ समेत लिएका छन्। यसअघि उनले नेकपालाई व्यूताउन खोजेको समाचार बाहिरिएका थिए ।

सम्बन्धित समाचार