माओवादीलाई जिस्क्याउन खोज्दा ओलीको यो हालत भयोः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री छँदा केपी ओलीले आफूलाई बादशाह ठानेपछि आफूहरुले बालुवाटारबाट बालकोट पुर्‍याएको बताएका छन्। शनिबार सर्लाहीको मलंगवामा आयोजित शिक्षक संगठनको एकता घोषणा समारोहमा सम्बोधन गर्दै उनले षडयन्त्र गरेकाले ओलीलाई पदबाट हटाएको बताए।

‘हामीले सोचेका थियौं, वाम एकता गरेर देशमा राजनीतिक स्थायित्व होला। वामपन्थीहरुले देशलाई समाजवादतिर लैजालान्। तर, धोका, विश्वासघात, बेइमानी, षडयन्त्र भएपछि बादशाह जस्तो ठानेको केपी ओलीलाई नै घोडाबाट पछारेर बालुवाटारबाट बालकोट पुर्‍याइएको हो’, उनले भने। ओली प्रधानमन्त्री हुँदै ‘आगोसँग खेल्ने गल्ती नगर, माओवादी आगो हो, आगोसँग खेल्यो भने परिणाम राम्रो हुँदैन’ भनेर आफूले त्यतिबेला नै भनेको उनले स्मरण गराए।



‘अब त बालुवाटारबाट बालकोट मात्रै होइन। हेर्नुभयो नि, गण्डकीमा गयो। लुम्बिनीमा गयो। बागमतीमा पनि गयो। अब प्रदेश १ पनि जान्छ । के हुँदोरहेछ माओवादीलाई जिस्क्याउन खोज्दा ?’, उनको प्रश्न थियो।

सम्बन्धित समाचार