सरकारको कामले गति लिन सकेन : अध्यक्ष जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराले वर्तमान गठबन्धन सरकारले गति लिन नसकेको बताएका छन् । उनले पार्टीको जिल्ला अधिवेशनलाई शनिबार बनेपामा सम्बोधन गर्दै सरकारले चार महिनामा उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाएका हुन् ।

सरकारलाई काम गर्न कुनै बाधा नभए पनि आशालाग्दो नदेखिएको भन्दै उनले दुःखेसो पोखरे । उनले भने, ‘मुलुकमा विभिन्न समस्या सिर्जित छन्, तिनीहरूलाई सम्बोधन गर्न सरकारले चासो देखाउनुपर्‍यो ।’



अध्यक्ष जबराले फरक प्रसंगमा चार वर्षअघि नेकपाले पनि नेपाली जनताले आशा गरेअनुसार काम गर्न नसकेको आरोप लगाए । वर्तमान सरकारले नेपाल र नेपालीको मुहार फेर्न सक्ने आधार तयार गरेर देखाउनुपर्ने उनको धारणा थियो ।

अध्यक्ष जबराले आफ्नो पार्टीको केन्द्रीय महाधिवेशन आगामी मंसिर ११ देखि १३ गतेसम्म हुने जनाउँदै ८१ प्रतिशत धर्मावलम्बी भएको नेपाल हिन्दु राष्ट्रको नामले परिचित हुनुपर्ने जिकिर गरे ।

सम्बन्धित समाचार