सर्वोच्च परिसरमा प्रधानन्यायाधीश जबराविरुद्ध प्रदर्शन

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पदबाट राजीनामा दिन माग गर्दै नेपाल बार एसोसिएसनले विरोध गरेको छ । आज (आइतबार) बारले सर्वोच्च अदालत परिसरमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

बारले कार्तिक १४,१५, १६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १०:०० बजेदेखि ११:०० बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ । पदीय जिम्मेवारी वहन नगरेको भन्दै बारले आजदेखि प्रधानन्यायाधीश राणाविरुद्ध चरणवद्ध आन्दोलन सुरु गरेको हो ।



गत शुक्रबार बसेको बारको बैठकले तिहारअघिको चार दिने आन्दोलन घोषणा गरेको थियो । त्यसैगरी प्रधानन्यायाधीशलाई इजलासमा नबस्न अनुरोध गर्नेसमेत बारले जनाएको छ। प्रधानन्यायाधीशको राजीनामा नआए तिहारपछि विरोधका थप कार्यक्रम ल्याउने बारको तयारी छ ।

सम्बन्धित समाचार