नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ कार्तिक ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ४०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ८९९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ५ हजार ७३१ पीसीआर परीक्षणमा ३७६ जना र दुई हजार १६८ एन्टिजेन परीक्षणमा ३२ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४०७ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ५१८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ९१ हजार ७८७ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ रहेको छ । जसमा ८ हजार ६१५ जना होम आइसोलेसनमा छन् भने ७६१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २२५ संक्रमित आईसीयूमा र ७० जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १२ हजार ५७० र एन्टिजेन विधिबाट ९४ हजार ५३५ जना पुगेको छ ।