अन्ततः गले प्रधानन्यायाधीश जबरा, सम्मानजनक निकास दिन तयार

सडकबाट राजीनामा माग्दैमा राजीनामा नदिने भन्दै टसको मस नभएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अन्ततः गलेका छन् । उनले सम्मानजनक रुपमा निकास दिन तयार रहेको सन्देश न्यायाधीशहरुलाई पठाएका छन् ।

प्रधानन्यायाधीश जबरासँग नजिक मानिएका न्यायाधीश डा. शर्माले जबराले सम्मानजनक निकासको लागि तयार रहेको सन्देश ल्याएपछि न्यायाधीशहरुले तीन जना न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र शर्मालाई प्रधानन्यायाधीशसँग वार्ता गर्न पठाएका थिए ।



सर्वोच्च अदालत उच्च स्रोतका अनुसार, प्रधानन्यायाधीश जबराले उनी केही समय अझै प्रधानन्यायाधीश रहने र त्यसपछि राजीनामा दिने सोचाइ अघि सारिएको बताइन्छ । स्रोतका अनुसार, २०७९ साल मंसिरमा २७ गते ६५ वर्षे उमेर हदका कारण अवकाश पाउने जबराले २०७८ सालभरि न्यायालयको नेतृत्वमा रहने र २०७९ साल लाग्नासाथ राजीनामा गर्ने भनी अप्रत्यक्ष सांकेतिक प्रस्ताव पठाएका हुन् ।

चोलेन्द्रको प्रस्तावबारे न्यायाधीशहरु र नेपाल बार एसोसिएसनले थप छलफल गरेर निष्कर्षमा पुग्ने भएका छन् ।  न्यायाधीहरुको साथै बार एसोसियसनले पनि सर्वोच्चलाई नै लक्षित गरि विरोध प्रदर्शनमा उत्रिएपछि अन्ततः प्रधानन्यायाधीश जबरा निकासको लागि लचक भएका हुन् ।

सम्बन्धित समाचार