अफगानिस्तानको दोस्रो जित

युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अफगानिस्तानले दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा अफगानिस्तानले नामिबियालाई ६२ रनले पराजित गरेको हो ।

अबुधावीमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १६० रन बनाएको थियो । अफगानिस्तानको लागि मोहमद सहजादले ४५ रन बनाए भने हजरातुल्लाह जजाईले ३३ रन जोडे । त्यस्तै कप्तान मोहमद नावीले ३२ रन बनाई आउट भए भने अस्घर अफगानले ३१ रन बनाए । नामिबियाका लागि रुबेन र जान निकोलले समान २-२ विकेट लिए ।



अफगानिस्तानको दोस्रो जित

१६१ रनको लक्ष्य लिएर मैदान उत्रेको नामिबियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ९८ रन मात्र बनायो । नामिबियाका लागि डेभिड वाइजेले सर्वाधिक २६ रन बनाए भने जान निकोलले १४ रन जोडे । त्यस्तै रुबेन १२ रनमा अविजित रहे भने कप्तान गेरहार्ड इरसमसले १२ रन बनाए । अफगानिस्तानका लागि हमिद हसन र नविन–उल–हकले समान ३-३ विकेट लिए भने गुलबदिन नइवले २ र राशिद खानको भागमा १ विकेट रह्यो ।

जितसँगै ३ खेल २ जित र १ हार सहित ४ अंक जोडेको अफगानिस्तान ४ अंक जोड्दै समूह २ को दोस्रो स्थानमा छ भने २ खेलमा २ अंक जोडेको नामिबिया चौथों स्थानमा रहेको छ । यसअघि अफगानिस्तानले स्कटल्यान्डलाई पराजित गरेको थियो भने पाकिस्तानसँग पराजित हुनु परेको थियो । त्यस्तै नामिबियाले भने स्कटल्याण्डलाई हराएको थियो ।

अफगानिस्तानको दोस्रो जित

त्यसैगरी आइतबार भएको अर्को खेलमा भारत पराजित भएको छ । भारत न्युजिल्याण्डसँग ८ विकेटको फराकिलो अन्तरले पराजित भएको हो । यो भारतको लगातार दोस्रो हार हो भने न्युजिल्याण्डको पहिलो जित । प्रतियोगिता अन्तर्गत आज इंग्ल्यान्ड र श्रीलंका भिड्दै छन् ।

नामिबिया

 

सम्बन्धित समाचार