प्रधानन्यायाधीशले आफूबाहेक तोके ६ वटा इजलास

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सोमबार आफू बाहेकका ६ वटा इजलास तोकेका छन्। जसमध्ये न्यायाधीश वमकुमार श्रेष्ठ र न्यायाधीश कुमार रेग्मीको छुट्टाछुट्टै एकल इजलास तोकेका छन् ।

यसैगरी न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयाल, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तान, अनिलकुमार सिन्हा र कुमार चुडाल, सपना प्रधान मल्ल र मनोज कुमार शर्माको छुट्टाछुट्टै संयुक्त इजलास तोकिएको छ ।



छवटै इजलास बन्दी प्रत्यक्षीकरणका हुन् । यता न्यायाधीशहरुले भने आज पनि इजलास बहिष्कार गर्ने भएका छन् ।

सम्बन्धित समाचार