आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

९ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ११ हजार ६६४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार ४६८ पीसीआर परीक्षणमा ४४१ जना र चार हजार १९६ एन्टिजेन परीक्षणमा ९२ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४१६ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४९० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ९२ हजार २७७ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ रहेको छ । जसमा ८ हजार ५९८ जना होम आइसोलेसनमा छन् भने ७२० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २४१ संक्रमित आईसीयूमा र ७४ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १३ हजार ११ र एन्टिजेन विधिबाट ९४ हजार ६२७ जना पुगेको छ ।

 

सम्बन्धित समाचार