पचास सांसद्को हस्ताक्षरसहित प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी पेस

प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यको राजीनामासँगै गठबन्धन दलका सांसदहरूले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष दाबी पेस गरेका छन् । प्रदेश प्रमुख अधिकारीले पत्र बुझ्दै आउँदो मङ्गलवार २३ गते दिउँसो २ बजेका लागि शपथ ग्रहणको समयसमेत तोकेका छन् ।

९२ सदस्यीय प्रदेश सभामा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाको एक जना सांसद रहेका छन् ।



मुख्यमन्त्रीमा दाबी पेस गरेका राईको पक्षमा ५० जना सांसदले हस्ताक्षर गरेका छन् । प्रदेश १ प्रदेश सभाको अर्को बैठक आउँदो २३ गते मङ्गलवारका लागि बोलाइएको छ ।

सम्बन्धित समाचार