नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ कात्तिक ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने भएका छन् । उनले आज बेलुकीसम्म राजीनामा दिने प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए ।
शाहीले अहिले प्रदेशबासीका नाममा सम्बोधन गरिरहेका छन् । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच सरकारको नेतृत्वमा आलोपालो गर्न भएको सहमति कार्यान्वयन गर्ने अन्तिम दिन आज मुख्यमन्त्री शाहीले प्रदेशबासीका नाममा सम्बोधन गरेका हुन्।
यसअघि केही समयअघि मन्त्रिपरिषद बैठक पनि बसेको थियो। बैठकमा भएका निर्णयसहित सम्बोधन गरिने मुख्यमन्त्री शाहीको निजी सचिवालयले जनाएको छ। सम्भवतः मुख्यमन्त्री शाहीको राजीनामा आउन सक्ने सचिवालयको भनाइ छ।

