एभर्टन उल्भससँग पराजित

इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्स विजयी भएको छ । सोमबार राति भएको खेलमा एभर्टन उल्भससँग २-१ ले पराजित हुन पुग्यो ।

उल्भ्सको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको २८ औं मिनेटमा म्याक्स किलमेनले गोल गर्दै उल्भ्सलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३२ औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफ २-० मा सकिएको खेलमा दोस्रो हाफमा एभर्टनले एक गोल गरेको थियो । उसको लागि खेलको ६६ औं मिनेटमा एलेक्स इवोबिले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् र खेल उल्भ्सले २-१ ले आफ्नो पक्षमा पार्यो ।



एभर्टन उल्भससँग पराजित

यो एभर्टनको लगातार तेस्रो हार हो । जितसँगै उल्भ्स १० खेलबाट १६ अंक सहित तालिकाको सातौं स्थानमा छ भने १४ अंक जोडेको एभर्टन तालिकाको दशौं स्थानमा रहेको छ ।

सम्बन्धित समाचार