ओलीलाई दिइन् रेणु दाहालले यस्तो चुनौती

नेपल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)की नेत्री तथा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले माओवादीसँगको सहकार्यले मात्र ओलि प्रधानमन्त्री बनेको बताएकी छिन् । उनले समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएकी हुन् ।

दाहालले ओलीलाई माओवादी विना एक पटक प्रधानमन्त्री भएर देखाउन चुनौती दिएकी छिन् । सोमबार चितवन पुगेका ओलीले आफूले प्रचण्डलाई भोट मागेर गल्ती गरेको भन्दै आफूले अब यस्तो गल्ती नगर्ने अभिव्यक्ति दिएका थिए ।



यस्तो छ दाहालको स्टाटस :

ओलीलाई भोट माग्न ओली को क्षेत्रमा ओलिसहित अध्यक्ष क. प्रचण्ड झापा जादा घरमा आमा मात्र तेहि पनि पार्किन्सनको बिरामी भाईको मध्यरातमा अचानक स्वास्थ्यमा समस्या आई दु:खद घटना घट्यो। घरमापरिवारका सदस्य कोहि पनि नभएको बेला सबै आ–आफ्नो चुनाबी मैदानमा बिरामी आमा मात्र घरमा अकालमा उपचार पनि नपाई के थाहा समयमै अस्पताल लैजान पाएको भए भाईको ज्यान जोगीन पनि सक्थ्यो। यस्तो परिस्थितीबाट माओबादीसॅगको सहकार्यले मात्र ओली प्रधानमन्त्री बनेको, झन्डै दुई तिहाईको सरकार के ओली एक्लैले ल्याएको हो ? हो भने हामीले साथ छोडिदीदा त सबै गर्ल्यामगुर्लुम ढल्यो त। धेरै नै फुर्ती लाउनेले अब बनाएर देखाए भो त। ईतिहासमा दुई पटक प्रधानमन्त्री माओबादी कै सहयोगमा भएकाले ठुला कुरा नगरेकै बेस होला।

यस्तो छ दाहालको स्टाटस :

 

सम्बन्धित समाचार