प्रदेश १ को मुख्यमन्त्रीमा राई नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । आज (मंगलबार) प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

संविधानको धाारा १६८ (२) अनुसार नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राई मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । सोमबार भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख प्यासीले मुख्यमन्त्रीको दावी पेश गर्न मंगलबार दिउँसो १ बजेसम्म आह्वान गरेका थिए ।



त्यस्तै मुख्यमन्त्रीको शपथ आजै हुनेछ । ९२ सदस्यीय प्रदेश सभामा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । जसमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाको एक जना सांसद रहेका छन् ।

मुख्यमन्त्री राईको पक्षमा ५० जना सांसदले हस्ताक्षर गरेका छन् ।

 

सम्बन्धित समाचार