कति वर्षे सम्झौतामा हस्ताक्षर गरे प्रशिक्षक अल्मुताइरीले ?

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच आज (मंगलबार) सम्झौता भएको छ । दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा अल्मुताइरीले तीन वर्षे सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

‘मैले अञ्जन, आयुष, मनिषसँगै मेरो टीमका सदस्यहरू किरण श्रेष्ठ, विकास मल्लसँगै नेपाली समर्थकले मलाई दिएको मायाले गर्दा नाई भन्न नसकेर नेपाल फर्किएँ ’ प्रशिक्षक अल्मुताइरीले भने । उनको प्रशिक्षणमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको थियो ।



नेपाललाई ऐतिहासिकरुपमा साफ च्याम्पियनसिपको फाइनलसम्म पुर्याएका अब्दुल्लाले यसअघि फाइनल नै आफ्नो अन्तिम खेल हुने बताएका थिए । तीन वर्षे सम्झौता नवीकरण गरेसँगै अब उनी सन् २०२४ सम्म राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहनेछन् । यद्यपि फैनालमा बने नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।

सम्बन्धित समाचार