आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

११ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ४६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १० हजार २८७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार ११५ पीसीआर परीक्षणमा ४२२ जना र तीन हजार १७२ एन्टिजेन परीक्षणमा ४७ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४२७ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ५५५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ९२ हजार ८३२ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ९ हजार १७४ रहेको छ । जसमा ८ हजार ४६८ जना होम आइसोलेसनमा छन् भने ७०६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २४१ संक्रमित आईसीयूमा र ७४ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १३ हजार ४३३ र एन्टिजेन विधिबाट ९४ हजार ६७४ जना पुगेको छ ।

सम्बन्धित समाचार