मुख्यमन्त्रीको शपथ लिएपछि राजेन्द्र राईले दिए यस्तो प्रतिक्रिया

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट मंगलबार विराटनगरमा शपथ लिएका हुन्। उनले मुख्यमन्त्रीको शपथ लिएपछि प्रदेशको नाम आफ्नै पालामा जुराउने वाचा गरेका छन्।

शपथग्रहणपछि पत्रकारसँग छोटो कुराकानी गर्दै उनले प्रदेशको नाम राख्ने कुरालाई विशेष प्राथमिकता दिने बताए। ‘राम्रो गर्ने, नराम्रो नगर्ने, नाम राख्ने, कामलाई प्राथमिकता दिन्छु,’ उनले पत्रकारसँग भने, ‘प्रदेशले अझै नाम पाउन सकेका छैन, हाम्रो पालामा नामको टुंगो गर्छौं।’



मुख्यमन्त्री राईले प्रदेशको बजेट पनि बढाउने बताएका छन्। त्यसका लागि वैदेशिक अनुदान, केन्द्र सरकारको अनुदान र राजस्व स्रोतको दायरा बढाएर बजेटको आकार वृद्धि गर्न सकिने उल्लेख गरे।

सम्बन्धित समाचार