एमालेलाई कुचो लगाएर बढार्ने हो : गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आगामी निर्वाचनमा नेकपा एमालेलाई कुचो लगाएर बढार्ने बताएका छन् । आज (बुधबार) भक्तपुरमा आयोजित एक कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।

उनले भने,‘यसपटकको चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बढार्ने हो । बढार्दा कुनाकाप्चामा धुलो अड्कियो भने भ्याकुम लगाउने हो । सिङ्गल–सिङ्गल लड्ने भनेको होइन? हामी विगतमा सिङ्गल नै लडेर पहिलो पार्टी बनेको हो ।’ त्यस्तै थापाले अब हुने स्थानीय, प्रदेश र संघीय चुनावमा एमालेलाई जसरी पनि हराउनु पर्ने बताएका छन् ।



उनले गठबन्धनको सरकार एक वर्ष ढुक्कले चल्ने भन्दै आगामी निर्वाचनमा युवा पुस्ताले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।

सम्बन्धित समाचार