नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ कात्तिक ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा वृक्षरोपण गरेका छन् । नेपाल फर्कनुअघि विहीबार बिहान बेलायतको इडेनबर्गस्थित बोटानिकल गार्डेनमा प्रधानमन्त्री देउवाले वृक्षरोपण गरेका हुन् ।
विश्वका नेताहरूको सम्मेलन कोप–२६ मा सहभागी हुन बेलायत हुँदै स्कटल्याण्डको ग्लास्को पुगेका उनी बेलायत हुँदै आजै नेपाल फर्किदै छन् ।
पाँचौँपटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गरेका थिए ।
सम्मेलनका क्रममा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका राष्ट्र प्रमुखसँग साइडलाइन वार्ता गरेका थिए।

