न्युजिल्यान्ड र भारत विजयी

युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्यान्ड र भारत विजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा न्युजिल्यान्डले स्कटल्यान्डलाई १६ रनले पराजित गर्यो भने भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गर्यो ।

अबुधावीमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १७२ रन बनाएको थियो । न्युजिल्यान्डका लागि मार्टिन गुप्टिलले ९३ रनको अर्धशतकीय पारी खेले भने ग्लेन फिलिप्स ३३ रन बनाए । त्यस्तै डेरिल मिसेलले १३ रन जोड । स्कटल्यान्डका लागि ब्राड व्हील र सफयान शरीफले समान २–२ विकेट लिए भने मार्क वाटको भागमा १ विकेट रह्यो ।



न्युजिल्यान्ड

१७३ रनको लक्ष्य लिएर मैदान उत्रेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ओभरमा ५ विकेट गुमाउदै १५६ रन मात्र बनायो । स्कटल्यान्डका लागि माइकल लिस्कले ४२ रन बनाए भने म्याथ्यू क्रसले २६ रन जोडे । त्यस्तै जर्ज मुन्सी २२ रन बनाई आउट हुँदा रिच्ची बेरिङटन २० रन बनाए । न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट र इश सोधीले समान २–२ विकेट लिए भने टिम साउथीको भागमा १ विकेट रह्यो । जितसंँगै न्युजिल्यान्ड ३ खेलमा ४ अंक जोड्दै समूह २ को दोस्रो स्थानमा छ भने अंक जोड्न नसकेको स्कटल्यान्ड तालिकाको पुछारमा रहेको छ ।

स्कटल्यान्ड

त्यसैगरी बुधबार भएको अर्को खेलमा भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ । अबुधावीमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै २१० रन बनायो । भारतका लागि रोहित शर्माले ७४ रन बनाए भने केएल राहुलले ६९ रन जोडे । त्यस्तै हार्दिक पाण्ड्या ३५ र ऋषब पन्त २७ रनमा अविजित रहे । अफगानिस्तानका लागि करिम जनत र गुलबदिन नइबले समान १-१ विकेट लिए ।

भारत

२११ रनको लक्ष्य लिएर मैदान उत्रेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ४४ रनमात्र जोड्न सक्यो । अफगानिस्तानका लागि करिम जन्नतले ४२ रन बनाए भने कप्तान मोहम्मद नावीले ३५ रन जोडे । यस्तै रहमानुल्लाह गुरबाजले १९ रन बनाए । भारतका लागि मोहमद शामीले ३ विकेट लिए भने रविचन्द्रन आश्विनले २ तथा जसप्रित बुमराह र रविन्द्र जडेजाको भागमा समान १-१ विकेट रह्यो ।

जितसँगै भारत ३ खेलमा २ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहँदै सेमिफाइनलको सम्भावना जिवितै राखेको छ भने चार खेलमा ४ अंक जोडेको अफगानिस्तान तालिकाको तेसो स्थानमा रहेको छ । र, उसले पनि सेमिफाइनलको सम्भावना कायमै राखेको छ ।

अफगानिस्तान

प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने छन् । पहिलो खेलमा अष्ट्रेलिया र बंगलादेश भिड्दै छन् भने दोस्रो खेलमा वेस्ट इन्डिज र श्रीलंका आमने सामने हुँदै छन् ।

 

सम्बन्धित समाचार