आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

२ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ६ हजार ३८४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ३ हजार २५९ पीसीआर परीक्षणमा २८७ जना र तीन हजार १२५ एन्टिजेन परीक्षणमा ६९ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४३६ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ५१८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ९३ हजार ७८९ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ८ हजार ८९० रहेको छ । जसमा ८ हजार २३३ जना होम आइसोलेसनमा छन् भने ६५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २१५ संक्रमित आईसीयूमा र ५७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १४ हजार ११५ र एन्टिजेन विधिबाट ९४ हजार ७९५ जना पुगेको छ ।

सम्बन्धित समाचार