आज तिहारको चौथो दिन : गाईगोरूको पूजा गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरू र गोवर्द्धन पर्वतको पूजा गरी मनाइँदैछ। आजको दिन हलीको समेत पूजा गरिने हुँदा यस दिनलाई हली तिहार समेत भनिन्छ।

गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने विश्वासमा गाईपूजा गर्ने परम्परा छ। आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरूलाई समेत पूजा गरी मिठो खानेकुरा दिने गरिन्छ।



काठमाडौंको गोठाटारमा रहेको असहाय गाई‚ बाच्छा संरक्षण अभियानले गाई र बाच्छाहरूलाई मिठो खानेकुरा दिई पूजा गरेको छ। अभियानले २०७५ सालदेखि असहाय गाई‚ बाच्छाको संरक्षण गर्दै आएको अभियनन्ता उत्तम पुडासैनीले बताए। अभियानको गोठमा हाल १०० भन्दा बढी गाई र बाच्छा रहेको उनले जानकारी दिए।

सम्बन्धित समाचार