नवकान्तिपुर संवाददाता
काठमाडौं, २० कात्तिक ।

शुक्रबार साँझ ललितपुरको मंगलबजारमा ग्यास विस्फोट हुँदा चारजनाको मृत्यु भएको छ । मंगलबजारस्थित लक्ष्मीकृष्ण ताम्राकारको घरमा ग्यास सिलिण्डर विस्फोट हुँदा लक्ष्मीकृष्णको दम्पतिसहित चार जनाको घटनास्थलमै मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।
चार जनाको शव घटनास्थलबाट निकालिएको प्रहरीले जानकारी दिएको छ । घटनामा थप २ जना घाइते भएका छन् ।
प्रहरी घटनास्थलमा पुगेको छ । विस्फोटपछि सो घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
