भारतीय प्रधानमन्त्री मोदी विश्वभरकै लोकप्रिय नेता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोकप्रिय नेता चुनिएका छन् । अमेरिकाको डेटा इन्टेलिजेन्स फर्म द मर्निङ कन्सल्टको सर्वेक्षणअनुसार मोदीले अप्रुवल रेटिङमा अमेरिकी राष्ट्रपति जो बाइडेन तथा ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनसहित अन्य शक्तिशाली १३ राष्ट्र प्रमुखलाई पछि पार्दै लोकप्रिय नेता चुनिएका हुन् ।

सर्वेक्षणमा मोदीले कुल ७० प्रतिशत मत पाएका छन् । अन्तिम ५ मा मोदीपछि मेक्सिकन राष्ट्रपति आन्द्रे म्यानुएल लोपेज रहेका छन् । यस्तै इटालीका प्रधानमन्त्री मारियो द्राघी, जर्मन चान्सलर एन्जेला मर्केल अमेरिकी राष्ट्रपति जो बाइडेनसमेतलाई मोदीले पछि पारेका हुन् । मोदीले ७० प्रतिशत मत पाउँदा बाइडेनले ४४ प्रतिशत पाएका छन् ।



सर्वेक्षणअनुसार भारतमा कोरोनाको दोस्रो लहरका क्रममा मोदीको लोकप्रियतामा गिरावट आएको थियो । र पनि उनी विश्वका नेताबीच लोकप्रियतामा भने नम्बर वान नै रहेका हुन् ।

 

सम्बन्धित समाचार