आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

९ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा १४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा २ हजार ३३३ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ९८० पीसीआर परीक्षणमा १४१ जना र ३५३ एन्टिजेन परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४४८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ५६३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ९५ हजार ३९७ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ७१३ रहेको छ । जसमा ७ हजार १२४ जना होम आइसोलेसनमा छन् भने ५८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १९७ संक्रमित आईसीयूमा र ४९ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १४ हजार ५५८ र एन्टिजेन विधिबाट ९४ हजार ८१७ जना पुगेको छ ।

सम्बन्धित समाचार