प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

गठबन्धनको बैठक आज साँझ बस्ने

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजबादी)का अध्यक्ष माधव कुमार नेपाल बीच भेटवार्ता भएको छ । आज (सोमबार) बिहान प्रधानमन्त्री निवासमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ । त्यस्तै सत्तापक्षीय गठबन्धनको बैठक आज साँझ बस्ने भएको छ । गठबन्धनको बैठक बस्नुअघि गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।



तीन नेताबीच भएको भेटवार्तापछि आज साँझ ५ बजे बस्नेगरि गठबन्धनको बैठक बोलाईएको बालुवाटार स्रोतले बताएको छ । गठबन्धनको बैठकमा एमसीसी र अदालतभित्रको विवादबारे साझा धारणा बनाउनेबारे छलफल हुनसक्ने एक नेताले बताए ।

 

 

 

सम्बन्धित समाचार